वर्षको अन्तिम कारोबार रहेको दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १०.७१ अंकले घटेर २०५०.३० विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ३५८.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।