केवलकारको आईपीओ निष्काशन गर्ने

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने जनाएको  छ। कम्पनीले प्रिमियम मूल्यमा नै ३० लाख कित्ता शेयर निष्काशन गर्न लागेको जानकारी गराएको हो। कम्पनीले आईपीओ निष्काशनको लागि आवश्यक कार्यक्रमका लागि  बिक्री प्रबन्धक सम्बन्धि कार्य गर्न र आईपीओ निष्काशनपछि को आरटिएस समबन्धि कार्य गर्नको लागि योग्य तथा दक्ष  कम्पनीबाट प्रस्ताव आह्वान समेत  गरेको छ । कम्पनीले वैशाख ४ गते सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव आह्वान गरेको हो । 
यस कम्पनीले लुम्बिनीमा सिद्धार्थ केवलकार, रामेछापमा खाँडादेवी केवलकार  र सिन्धुलीमा सिद्धबाबा केवलकार निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस