शेयर कारोबार (नेप्से) परिसूचक आइतबार १२ दशमलव २९ अंकले वृद्धि

शेयर कारोबार (नेप्से) परिसूचक आइतबार १२ दशमलव २९ अंकले वृद्धि भयर  एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुग्न सफल भएको  छ ।आइतबार को दिन  बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको नेप्सेले जनाएको  छ । साथै सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले घटेको पनि छ ।आइतबार ६३ लाख ९३ हजार कित्ता शेयर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस