आइएमइ लाईफ ले बढायो मुनाफा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ८०।८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न सफल रहेको छ।
समीक्षाको समयावधिसम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ जसलाई  गत आर्थिक वर्ष २०७९।८० को सोही अवधिसम्मको तुलनामा ७५.७९ प्रतिशतले माथी रहेको हो। गत वर्ष सोही समयसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन  समेत सफल भएको  थियो। तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन पनि गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.२४ प्रतिशत बढी  रहेको आकडामा देखिएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरीसकेको थियो भने समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस