श्री डिष्टिलरी कम्पनीले साधारण सेयर (आईपीओ) निष्शकान गर्ने तयारी गरेको छ ।
कम्पनीले असार ११ गते विशेष साधारण सभा पनि बोलाएको छ । सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ । उक्त सभाले आईपीओ निष्काशनका लागि आवश्यक पर्ने सबै कार्य गर्नका लागि सञ्चालक समितिलाई समेत अख्तियारी दिने प्रस्ताव राखिएको छ । सभाले यो प्रस्ताव पारित गरेपछी सेयर निष्काशनको प्रकृया सुरु हुनेछ ।