चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नतिजा सार्बजनिक भएको छ ।
केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको हो , गत बर्षको तुलनामा यो वर्षको १० महिनामा वृद्धिदर भने ४ % ले घटेको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७.१ % बाट बढेर ९ अर्ब २ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढेता पनि श्रम स्वीकृति लिनेको सङ्ख्यामा भने कमी आएको देखिएको छ । साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीका लागि ३ लाख ७४ हजार ८ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।