नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार बिहीबार नेप्से परिसूचक २९ दशमलव २१ अंकले बढेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ । ठूला मानिएका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ९० अंकले उकालो लागेर तीन सय ९१ दशमलव ६६ मा पुगेको छ । जम्मा दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ । त्यस्तै बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कारोबार वृद्धि गरेका हुन् ।