चालु आर्थिक वर्षको ११ महिना साउन देखी जेठ सम्ममा वाणिज्य बैंकहरुको मुनाफा करिब साढे ५६ अर्ब रुपैयाँले वृद्धि भएको आकडाले देखाएको छ । आकडा नुसार २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन्। नाफा आर्जनका हिसाबले नबिल बैंक अग्रस्थानमा रहेको देखिएको छ। बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। वाणिज्य बैंकहरुको कुल नाफा हेर्दा नबिल बैंकको मात्र हिस्सा ११.२८ प्रतिशत छ । साथै उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कुल नाफामा यो बैंकको हिस्सा ९.०१ प्रतिशत रहेको छ।