वर्षको पहिलो दिन शेयर बजारमा उछाल आउँदा नेप्से परिसूचक २३ सय अंकमाथि उक्लियो । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ७० दशमलव एक आठ अंकको उछाल आउँदा नेप्से परिसूचक २३ सय अंकमाथि उक्लिएको नेप्से ले जनाएको छ । आजको परिसूचक अघिल्लो दिनको तुलनामा ३ दशमलव एक तीन प्रतिशतले बढेर २३ सय १० दशमलव पाँच नौ अंकमा पुगेको छ । यसदिन म्युचुअल फण्डबाहेकका समूहले समग्र परिसूचकमा उछाल आएको हो । म्युचुअल फण्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घट्दा जलविद्युत समूहको परिसूचक ५.४५ प्रतिशतले बढेको हो भने विकास बैंक समूहको परिसूचक पनि करिब ५ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, होटल र पर्यटन समूहको परिसूचक ३ दशमलव छ तीन, जीवन बीमा समूहको परिसूचक २ दशमलव नौ छ, व्यापार समूहको परिसूचक २ दशमलव आठ आठ र वाणिज्य बैंक समूहको परिसूचक २ दशमलव सात पाँच प्रतिशतले बढेको छ । उत्पदानमूलक, लघुवित्त, निर्जिवन बीमा र अन्य समूहको परिसूचक समेत दुई प्रतिशत भन्दा धेरैले बढ्दा वित्त समूहको परिसूचक पनि करिब दुई प्रतिशतले वृद्धि भएको हो ।