बुधबार नेप्से सूचक ५४.०४ विन्दुले बढेर २३६४.६३ अंकमा पुग्यो

काठमाडौं : सेयर बजारको उकालो यात्रा बुधबार पनि दोहोरिएको छ ।  नेप्से सूचकका संग कारोबार रकम पनि  थप बढ्दोक्रममा नै रहेको छ । यसैक्रममा बुधबार नेप्से सूचक ५४.०४ विन्दुले बढेर २३६४.६३ अंकमा आइपुगेको छ । १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो कारोबार रकम करिब ३ वर्षयताकै उच्च हो । यसअघि, २०७८ भदौ १५ गते १३ अर्ब १६ करोड भन्दा धेरैको कारोबार भएको थियो । यस्तै, नेप्से सूचक पनि २०७९ वैशाख २८ गते यताकै उच्च हो । त्यस दिन नेप्से इन्डेक्स २३६९.०६ विन्दुमा बन्द भएको थियो । सबै समूहका सूचक बढेका देखीएका छन् । नेप्से क्रमशः उच्चतम विन्दुहरुतर्फ अघि बढेको छ । यसरी बढेको सूचकलाई कारोबार रकमले पनि साथ दिंदै गएको छ । कम्पनीहरुको मूल्यले पनि एकपछि अर्को नयाँ विन्दु तय गरिरहेको देखिन्छ । यसआधारमा बजार सबल हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस