ग्लोबल आईएमई बैंकले ८% ब्याज प्राप्त गर्ने गरि  ऋणपत्र जारी गर्दै

ग्लोबल आईएमई बैंकले ८% ब्याज प्राप्त गर्ने गरि  ऋणपत्र जारी गर्दै  बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल सङ्ग सम्झौता सम्पन्न गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको  जनाएको छ ।   बैंकको प्रतिकित्ता एकहजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई छुट्टाइएको छ  भने अरु  बाँकी ६० प्रतिशत अर्थात तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।  १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८% दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा रहने छ  ।  

प्रतिक्रिया दिनुहोस