नेपाल राष्ट्र बैंक द्वारा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज शुक्रबार  सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज शुक्रबार  सार्वजनिक गरेको छ । देशको  अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको हाे । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकदर र निक्षेप संकलनदर पनी घटाएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ % बाट ६.५ %  र नीतिगत दर पाँच दशमलव ५% बाट पाँच प्रतिशत कायम गरिएको छ। , मौद्रिक नीतिमा  ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप संकलन दरलाई भने यथावत् नै  राखिएको छ भने बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ । गभर्नर अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरतामा जोड दिएको पाइन्छ  । वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको नीतिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस