बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त विवरणका अनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत ले वृद्धि भएको छ ।
सञ्चालनमा रहि रहेका २० वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् साथै अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।