राष्ट्र बैंक द्वारा आर्थिक बर्षको आर्थिक तथा वित्तीय स्थिति प्रस्तुत

गत आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ५.४४ % रहेको छ । नेपालको केन्द्रिय बैंक नेपाल  राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत  आर्थिक बर्षको आर्थिक तथा वित्तीय स्थितिको आकडा  अनुसार आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको देखाएको  छ । त्यस भन्दा  अघिको वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो । बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । त्यस्तै  शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोडले बचतमा थियो । बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । यो सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने  पर्याप्तता रहेको छ ।
केन्द्रिय बैंकका अनुसार विस्तृत मुद्राप्रदाय १३ % ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस