वाणिज्य बैंकको मुनाफा ९ अर्ब माथी

साउन महिनामा वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।   
चालु आवको पहिलो महिनामा नाफा आर्जनमा ग्लोबल आइएमई र नबिल बैंक प्रतिस्पर्धी बनेका छन्। 

नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले दिएको अनुसार साउनमा २ वटा वाणिज्य बैंकले उक्त रकम नाफा आर्जन गरेका हुन्  ।चालु आवको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।  

मुनाफा आर्जन गर्ने पहिलो बनेको ग्लोबलले ८९ करोड २४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।धेरै नाफा कमाउनेमा कृषि विकास बैंक छ । बैंकले साउनमा  मात्र  ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको आकडा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस