बिश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ५.१% रहने अनुमान गरेको छ । बैंकले बुधबार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै जि डि पि वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो ।
. साथै उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादन वृद्धिले अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने पनि विश्व बैंकले जानकारी दिएको छ ।गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान पनी विश्व बैंकको राखेको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको बारेमा बृहत् जानकारी भने गरिएको छैन । केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगानी वृद्धि हुने अनुमान पनि बिश्व बैंकले अनुमान गरेको छ ।