अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजार लाइ फाइदा हुने गरी नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे ।ढकालले नेपालमा उत्पादन गरि यहाँको बजारसंगै विश्व बजारमा बिक्रि गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण समेत गराए । ढकालले भारतसँग भएको १० हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा राम्रो सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई दिए ।
नेपालमो प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे । संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत २ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना पनि उनले लगानीकर्ताहरुलाई जनाएका थिए ।