आज सोमबार शेयर बजारमा छायो हरियाली

सोमबार सेयर बजारका धेरै जसो सूचकहरु बढेका छन् भने नेप्से परिसूचक अघिल्लो दिनको अबस्था भन्दा  २७.४१ अंकले वृद्धि भएको  छ ।

सो अंकको वृद्धिपछि भने  नेप्से २६४५ मा कायम भएको छ । नेप्सेका साथै सेन्सिटिभ सूचक ०.६८ प्रतिशत बढेको छ  । सबै सेक्टरका सूचक पनि  बढेका छन् । कारोबार रकम पनि बढेको आकडाले देखाएको  छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको भयो ।

२१३ कम्पनीको मूल्य बढ्दा २८ को घट्यो भने २ को स्थिर रह्यो । फाइनान्स समूह सबैभन्दा धेरै ३.४६ प्रतिशत बढ्यो । बैंकिङ ०.३६, विकास बैंक १.५७, होटल तथा पर्यटन १.१७, हाइड्रोपावर १.५८, लगानी ०.८५, जीवन बीमा १.८४, उत्पादन १.३४, माइक्रोफाइनान्स १.२६, निर्जीवन बीमा ०.६४, अन्य ०.५७ तथा व्यापार ०.७५ प्रतिशतले  बढेको छ ।

प्रतिक्रिया दिनुहोस