सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाईम्सले (डिसेम्वर ४)मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड दिएको छ ।
बैंकको संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन् । बैंक अफ द ईयर २०२४ को सम्मान कार्यक्रममा करिव १०० भन्दा बढी मुलुकका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरु सहित करिव ३०० जना भन्दा बढीको उपस्थिति समेत रहेको थियो ।