पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपीओ जारी गरी सूचीकरण भइसकेका ६ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।बोर्डले जनाए अनुसार जम्मा कुल ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार ५ सय ९६ रुपैयाँ (झन्डै ५० अर्ब) को आइपीओ पाइपलाइनमा रहेको छ । विभिन्न क्षेत्रका ८० वटा कम्पनी/ संस्थाको ३४ करोड १९ लाख १ हजार ८० कित्ता सेयर आइपीओका लागि बोर्डको प्रक्रियामा छ।