४ बैंकले ४१.०६ मेगावाट क्षमताको जलविद्युत निर्माण गर्दै

सिटिजन्स बैंक इन्टरनेसनलको  नेतृत्वमा ४ बैंकले ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजनामा लगानी गर्ने तयारी गरेका छन् । सिटिजन्ससहित एभरेष्ट, नेपाल एसबिआई र सानिमा बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी संखुवाखोला जलविद्युत परियोजना आउने भएको हो ।साथै प्रवर्द्धक कम्पनी गुराँस हाइड्रो एवं लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि

सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर समेत भएको छ । उक्त परियोजनाले संखुवासभाको सिलिचोङ गाँउपालिका र भोजपुरको साल्पा सिलिचाछो गाँउपालिकमा रहेर निर्माण हुने  जनाइएको छ  ।
परियोजनाको अनुमानित लागत करिब ८ अर्ब २० करोडमध्ये बैंकहरुले ७५:२५ को ऋण: स्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्ने गरि अगाडि बढेका छन् । जहाँ  सिटिजन्स बैंकबाट २ अर्ब ९० करोड, एभरेष्टबाट एक अर्ब २५ करोड, नेपाल एसबिआई बैंकबाट एक अर्ब २५ करोड र सानिमा बैंकबाट ७५ करोड लगानी हुनेछ । यसैगरी २५ प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइने छ ।

प्रतिक्रिया दिनुहोस