गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघको बृहत् एकता कार्यक्रम सम्पन्न
 गैरआवासीय नेपाली संघ (एनआरएन) को  बृहत् एकता कार्यक्रम सम्पन्न भएको आफ्नो प्रेस बिज्ञपति मार्फत आम सबैलाई जानकारी गराएको छ । प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा  एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा. बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष  महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले बृहत् एकताका लागि बधाई ज्ञापन गर्दै सबै मनोमालिन्यलाई  मेटाएर संघलाई एकसुत्रिय अभियानमा लैजाने क्रममा  कोशेढुँगा  भएको बताउनु भयो । उहाँले भन्नुभयो, भाइ फुटे गवार लुटे  भन्ने त थाहै छ, त्यसैले मिलेर जाँदा राम्रो सन्देश जान्छ फुटेर कतै पुगिन्न ।
 यसैगरी सूचना–सञ्चार मन्त्री जगदीश खरेलले एनआरएनलाई गैर–राजनीतिक बन्न आग्रह गर्दै ‘एकता कागजमा मात्र होइन, मन र मस्तिष्कमा पनि कायम होस्’ भनेका थिए ।
 कार्यक्रममा अध्यक्षद्दय डा बद्री केसी र महेश श्रेष्ठले मुलुकमा फेरिएको परिस्थितिपछि विदेशमा रहेका नेपालीहरूको हक हित, र  अधिकारको संरक्षण तथा नेपालको समग्र समृद्धिमा योगदान पु¥याउन  र विश्वभरिका गैरआवासीय नेपालीहरु एकमत रहेको सन्देश दिने उद्देश्यले बृहत् एकता गरेको स्पष्ट पारे ।
कार्यक्रममा  झण्डै डेढ सय एनआरएनए प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस