नेपालको व्यापार घाटा करिब ११ खर्ब

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म  नेपालको  करिब ११ खर्ब रुपैयाँ व्यापार घाटा पुगेको  छ।
  
भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार यो समयावधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।  पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२. ५४ र निर्यात २९ .८३ % ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस