आईएमई लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
आईएमईले आफ्नो १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरुमध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक–पटक ‘ठूला करदाता सम्मान’बाट आईएमई पुरस्कृत भएको छ।आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।