हुन्डाई गाडीको खरिदमा सस्तो खरीद अफर

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना इभी र आयोनिक ५ किन्न चाहनेहरूका लागि सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले यी दुबै मोडलका इभी खरिद गर्न चाहने ग्राहकहरूले प्रभु बैंकबाट ९.९९ प्रतिशत ब्याजदरमा ऋण लिन पाउने व्यवस्था मिलाएको हाे ।

दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंकसँग साझेदारी गरेको हाे । कम्पनीका अनुसार यस योजना अन्तर्गत इच्छुक खरिदकर्ताहरूले पहिलो वर्षका लागि ९.९९  प्रतिशत ब्याजदरमै हुन्डाई कोना इभी र आयोनिक ५ खरिद गर्न सक्नेछन्।

प्रभु बैंकको ३०१ शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस