नेपालबाट असोज महिनामा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात

नेपालले असोज महिनामा ४ अर्ब २ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ ।

गत जेठयता भने कुल १२ अर्ब रुपैयाँको विद्युत् निर्यात भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठदेखि असोजसम्म ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस