नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्दै छ ।
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड गरी कुल ३८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ।

राष्ट्र बैंकले यो रकम २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम क’ वर्गका वाणिज्य बैंकमा १९ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ३ करोड ६० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १ करोड २० लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।यस्तै उपदान तथा पेन्सन कोषमा रहेकोे रकम  वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, विकास बैंकहरूमा २१ करोड र  वर्गका वित्त कम्पनीहरूमा ७० लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको बताइएको  छ।

प्रतिक्रिया दिनुहोस