विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अगाडि बढेको माथिल्लो अरुण र दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि क्रमशः विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ । जसले विद्युतको उत्पादन मा गुणस्तरीय वृद्धि ल्याउने छ ।
यी दुवै आयोजना निर्माणका लागि करिब ५ खर्ब रुपैयाँ (३.९५ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान गरिएको छ ।

१०६३ मेगावाटको माथिल्लो अरुण आंशिकजलाशय निर्माण गर्न १ अर्ब ७५ डलर आवश्यक पर्नेमा ७० प्रतिशत ऋण र ३० प्रतिशन स्वपुँजीबाट लगानी व्यवस्थापन गरिने भएको छ ।
माथिल्लो अरुणका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी (एचआइडिसिएल) को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सह–वित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । स्वपुँजीका लागि ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापकहरूबाट र ४९ प्रतिशत सर्वसाधारण सेयरबाट संकलन गर्ने योजना छ ।