राष्ट्र बैंकले ८ अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् ।

बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा खरिद गर्न पाइने छ । ऋणपत्र खरिद गर्न चाहनेले २९ फागुनमा ३ बजेभित्र नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस