चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा प्राप्त गरेका छन्। यो ७ महिनाको अबधिमा हेर्दा २० वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।यसैगरी दोस्रो सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यो बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।उच्च नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेको छ। यो ७ महिनामा ग्लोबल आइएमईले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।