नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार बैंकहरुको  निक्षेप बढेर ६२ खर्ब माथी

बैंकिङ प्रणाली तरलता अनुपात वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार बैंकहरुको  निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघि सकेको देखिएको छ। केन्द्रिय बैंकको  तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ।
यो २ दिनको अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि ७ अर्ब रुपैयाँले बढेर चैत १७ गतेसम्म ५४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। चैत १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८० अर्ब रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस