२०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत

एशियाली विकास बैंक (एडीबी)ले भन्यो सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने छ भनेर  प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको जानकारी गराएको हो ।  
सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने समेत एडीबीले प्रक्षेपण गरीसकेको  छ । एडीबीले गरेको प्रक्षेपण अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर दक्षिण एशियाली देशहरुमध्ये भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस