बैंकको निक्षेप ६१ खर्ब ३८ अर्ब रुपैयाँ पुग्यो

बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक दर वृद्धि भएको छ। गत साताको वित्तीय विवरणका अनुसार बैंकहरुको अन्तरबैंक दर २ दशमलव ७० प्रतिशतबाट ३ दशमलव ६५ प्रतिशत पुगेको हो।
साथ साथै निक्षेप पनि घटेको देखिएको  छ। गत बिहीबा रसम्ममा बैंकको निक्षेप ६१ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। यो दैनिक रुपमा घटबढ हुन्छ। बिहीबार हप्ताको न्यूनतम विन्दु हो। कर्जा प्रवाह ५१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४५ खर्ब १५ अर्ब पुगेको छ। त्यस्तै सीडी रेसियो ८० दशमलव ८२ प्रतिशत पुगेको हो ।

प्रतिक्रिया दिनुहोस