अर्थमन्त्री र संयुक्त राष्ट्रसंघ महासचिव बिच भेटवार्ता

अर्थमन्त्री र संयुक्त राष्ट्रसंघ महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले भेट  गरेकी छिन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका लागि  ३५ देस आवासीय प्रतिनिधिको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार  अर्थ मन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेकी हुन् ।
यूएनडिपीबाट नेपालको हितको लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङेडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी पनी गराएकि थिइन् । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको  थियो ।
यूएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडिपीले जानकारी दिएको छ ।
भेटमा उनले यूएनडिपीले नेपालका गामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताइन् । आफूले भ्रमणका क्रममा वातावरणीय परिवर्तनका कारण नेपालले भोगेका समस्याबारे जानकारी पाएको भन्दै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’ को कार्यक्रम नेपालमा लागू गरिने बताइन् । भेटमा मन्त्री पुनले यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठक नेपालमा राखेकामा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस