अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक वर्ष ०८०-८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति पेश गरेका हुन् ।

. अर्थ मन्त्री पुनले चालू आवमा मुलुकको आर्थिक विस्तार ३.९ प्रतिशत हुने प्रक्षेपण रहेको पनि बताएका छन् । अर्थमन्त्री पुनले आर्थिक परिसूचकहरु सुधार हुँदै गएको कारण यो वर्ष ३.९ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख गरे ।