महालक्ष्मी विकास बैंक अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘आईएसओ ९००१: २०१५’ बाट सम्म्मनित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणाली क्वालिटी म्यानेजमेन्ट सिस्टममा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न सफल भएकाले बैंकले यही साउन ३२ गतेदेखि प्रमाणित बनेको हो ।
बैंकले डेभलपमेन्ट बैंकिङ सेवा गतिविधि सम्बन्धी मापदण्ड अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र प्राप्त गर्ने महालक्ष्मी विकास बैंक नेपालकै प्रथम विकास बैंक समेत बनेको छ ।साथै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप राम्रो गुणस्तर ब्यवस्थापन प्रणाली कायम गर्नुको साथै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने, ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्ने गर्दछन ।
यस प्रमाणपत्रका लागि अमेरिकास्थित रोयल इम्प्याक्ट सर्टिफिकेसनले यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट गरेको थियो ।