साउन महिनामा वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
चालु आवको पहिलो महिनामा नाफा आर्जनमा ग्लोबल आइएमई र नबिल बैंक प्रतिस्पर्धी बनेका छन्।
नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले दिएको अनुसार साउनमा २ वटा वाणिज्य बैंकले उक्त रकम नाफा आर्जन गरेका हुन् ।चालु आवको साउन महिनामा २० वटा बाणिज्य बैंकहरुले कुल ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा कमाएका छन् ।

मुनाफा आर्जन गर्ने पहिलो बनेको ग्लोबलले ८९ करोड २४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।धेरै नाफा कमाउनेमा कृषि विकास बैंक छ । बैंकले साउनमा मात्र ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको आकडा प्रस्तुत गरिएको छ ।