चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो महिना (भदौंमा) एक खर्ब २६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रियो । साउनको आकडा लाई तुलनामा १० अर्बले रेमिटेन्स आउने दर भने घटेको हो । साउन एक महिनामा एक खर्ब ३६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । पछिल्लो २१ महिनादेखि हेर्दा निरन्तर रूपमा मासिक रुपमा एक खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेको नेपाल रास्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । साउन र भदौंमा गरेर दुई खर्ब ६३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष २०८०/८१ दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिटेन्स भित्रिएको थियो । यो दुई महिनामा ५७ करोड रूपैयाँ रेमिट्यान्सको रूपमा बाहिरीएको छ ।