आजदेखी सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीमा आईपीओ आबेदन दिन खुला भएको छ । आज बिहीबारदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्ने सनराइज क्यापिटलले जनाएको छ । कम्पनीले जारी गरेको पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।
कम्तीमा १०कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ खुलाएको हो । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ ।