साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक उच्च अंकले वृद्धि छाएको छ । आज नेप्से परिसूचकमा १.९१ प्रतिशत अर्थात ५३.०१ अंकले बढेर २ हजार ८१९.१० विन्दुमा पुग्यो ।
आजको दिन लाई हेर्दा बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७९ प्रतिशतले बढेर ४८३.४२ विन्दुमा पुगेको छ भने नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।