मंगलबार शेयर बजार कारोबार ५ अर्ब माथी

मंगलबार शेयर बजार कारोबार नेप्से ०.२० % ले बढेर परिसूचक २ हजार ६ सय ५५.९९ विन्दुमा पुगेको छ ।  बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता शेयर कारोबार भएको छ । बजार बढ्दा १२२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।


१० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक शेयर किनबेच भएको छ । १३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । मंगलबार लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।।

प्रतिक्रिया दिनुहोस