बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अंकले बढेको छ ।
कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता सेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।
कारोबारमा धेरै अगाडि आउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ भने आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले बुधबार सर्वाधिक आम्दानी गरेका छन् ।