बिहिबार सेयरबजार कारोबार सामान्य अंकले बढ्यो

बिहिबार सेयरबजार कारोबार सामान्य अंकले बढेको छ भने आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२७ % अर्थात ७.१७ अंकले बढेर २ हजार ६२९.४० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० % ले बढेर ४६२.८९ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको ६३ लाख ६० हजार ९२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम भने ३ अर्ब १ करोड ९२ लाख बढीको सेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहमध्ये ६ वटा क्षेत्रमा हरियाली देखिएको छ भने अन्य सबैमा रातो देखियो । आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ०.९९ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.२८ प्रतिशत, लगानी ०.०५, जीवन बीमा ०.०१, उत्पादन तथा प्रशोधन ०.७४ र अन्य ०.०९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस