यस्तो छ आजको बिदेशी बिनिमय दर

​काठमाडौं, २०८३ कात्तिक ०४ (अक्टोबर १६, २०२६) — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज अमेरिकी डलरसहित प्रमुख मुद्राको विनिमय दरमा उतारचढाव देखिएको छ।  ​आजका लागि तय गरिएको विनिमय दर अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यसप्रकार रहेको छ :
​अमेरिकी डलर: आज अमेरिकी डलर १ को खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। ​यूरो: युरोपेली मुद्रा यूरो १ को खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ।
​पाउण्ड स्टर्लिङ: बेलायती पाउण्ड १ को खरिद दर २०३ रुपैयाँ ७६ पैसा र बिक्री दर २०४ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।
​अष्ट्रेलियन डलर: अष्ट्रेलियन डलर १ को खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ९ पैसा रहेको छ।
​भारतीय रुपैयाँ: नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। ​त्यस्तै, खाडी मुलुकतर्फ कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ६३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८० पैसा रहेको छ भने साउदी अरेबियन रियाल १ को खरिद दर ४० रुपैयाँ ४० पैसा र बिक्री दर ४० रुपैयाँ ५६ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस