२६ पौष , काठमाडौ । प्रभु र सेन्चुरी कमर्सियल बैंक मर्जर भएर आजदेखि ‘प्रभु बैंक’ को नाममा एकिकृत कारोबार सुरु हुने छ ।
दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेको छ । त्यस अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालयले मर्जरका लागि दुवै बैंकलाई अन्तिम स्वीकृति दिएका छन् ।
पुस १७ गते दुवै बैंकलाई राष्ट्र बैंकले मर्जरलाई स्वीकृति समेत दिइसकेको छ । बैंकका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्व प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ