नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत रहनेछ ।
विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ । ८ महिनाअघि मात्रै ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको हो ।
विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

प्रतिक्रिया दिनुहोस