उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले चितवनमा बिहीबार कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरूसँग छलफल गरे । त्यस क्रममा अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको व्यवसायीहरूले गुनासो गरेपछि उनले अवैध रूपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन् ।