सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले २० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। जसअनुसार कम्पनीले १०० अंकितदरका कुल २० लाख कित्ता आईपीओ आयोजना प्रंभावित स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा सोलार फार्मबाट अध्यक्ष आशबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।
सोलार फार्मको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ र चुक्तापुँजी ४५ करोड रुपैयाँ रहेको छ।