सुपर माई हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरिनेछ।