ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ । यससँगै सूचक २१३०.२९ विन्दुमा अडिएको छ ।
६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ११ सय ३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको छ ।
कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।